२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 2.0K
    SHARES
  • विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने अभियानलाई तीव्र बनाएको छ। प्राधिकरणका अनुसार विद्युत प्रयोग गरी महसुल नतिर्ने करिब ६ सय ग्राहकबाट ८० लाख रुपैयाँभन्दा बढी बक्यौता असुल गर्न बाँकी छ।

    प्रमुख जनार्दन पौडेलका अनुसार मिटर रिडिङ भएको ६० दिनभित्र महसुल नतिर्ने ग्राहकहरूको विद्युत लाइन काट्न सुरु गरिएको छ। जिल्लाका सरकारी तथा निजी क्षेत्रका ग्राहकहरूसँग ठूलो परिमाणको बक्यौता रकम छ।

    गत आर्थिक वर्षमा पनि प्राधिकरणले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटी ६४ लाख रुपैयाँ असुल गरेको थियो। यसपटक पनि मिटर रिडिङको ६० दिनभित्र महसुल नतिर्ने ग्राहकको लाइन काट्ने नीति लागू गरिएको छ।

    लाइन काटेपछि महसुल तिर्ने ग्राहकहरूको सेवा पुनः सुचारु गर्ने व्यवस्था गरिएको छ। यसले महसुल तिर्ने प्रवृत्ति बढाउने र प्राधिकरणको आर्थिक दायित्व सुदृढ गर्ने विश्वास गरिएको छ।

    ग्राहकहरूले समयमै महसुल बुझाउनुपर्ने आवश्यकता रहेको र यसले सेवाको स्थायित्वमा योगदान पुग्ने प्राधिकरणले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ