काठमाडौँ : १ करोड ३० लाखको लगानीमा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको २१ दिनभित्रै ४० करोड रुपैयाँको व्यापार गरेर नेपाली फिल्म उद्योगमा नयाँ कीर्तिमान राखेको छ।
बक्स अफिसमा फिल्मको ग्राफ निरन्तर उकालो लागिरहेको छ। निर्माण टोलीका अनुसार फिल्मको अकुपेन्सी अझै उच्च छ। अधिकांश हलहरू दर्शकले भरिभराउ भइरहेका छन्।
यस फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै नेपाली सिने उद्योगमा ठूलो चर्चा कमाएको छ।



