काठमाडौं : शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ, भने अन्य स्थानहरूको मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना पनि रहेको छ।
शनिबार रातिको समय कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ, भने अन्य स्थानहरूको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना कायम छ।
सामान्यतया उक्त समय चिसो बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउनुहोला।



