२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नबिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

images

  • २०८१ मंसिर ९, आइतबार
  • 1.4K
    SHARES
  • नबिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौं : नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन हो। बैंकले लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि भोली मंसिर १० गते बुकक्लोज गर्दैछ। यसका कारण, आजसम्म नेप्सेमा कारोबार गरी शेयरधनी बनेकाले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा आफ्नो ४० औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभामा गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात २ अर्ब ७० करोड ५६ लाख ९९ हजार ६ सय ७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने तयारी गरिएको छ।

    साधारण सभाले बैंकलाई थप विकासका लागि गाभ्ने–गाभिने, प्राप्ति र रणनीतिक साझेदारी गर्ने जस्ता विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

    यसरी लाभांश प्राप्त गर्न चाहने शेयरधनीहरुले आज सम्म आफ्नो शेयर कारोबार पूरा गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ