काठमाडौं : एनएमबि बैंकको संस्थापक समूहको १ लाख ८० हजार २ सय ८८ कित्ता शेयर आज मंसिर ९ गतेबाट बिक्रीमा राखिएको छ। यस शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्तिहरू र संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकिएको छ। यसका लागि खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। साथै अधिकतममा सम्पूर्ण कित्ताका लागि पनि खरिद आवेदन दिन सकिन्छ।
बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म रहेको छ। बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा पेस गर्नुपर्नेछ।



