काठमाडौँ : आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ।
आज सोमबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा भने आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यात्रा गर्ने वा अन्य बाहिरी गतिविधि गर्ने योजनामा रहनुभएका व्यक्तिहरूले मौसमअनुसार तयारी गर्नु उचित हुनेछ।



