काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार सरकारले सुनको भन्सार दर घटाएपछि यसको प्रत्यक्ष प्रभाव सोमबारदेखि बजारमा देखिएको हो।
आज सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज १ सय १५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ६० रुपैयाँ थियो।
सरकारले आइतबार सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ। यस परिवर्तनले आज सोमबार सुनको मूल्य समायोजन गरिनुका साथै बजारमा सुनको मूल्यमा गिरावट आएको हो।
यसअघि सरकारले बजेटमार्फत १५ प्रतिशत भन्सार दरलाई बढाएर २० प्रतिशत पुर्याएको थियो। अब पुन: १० प्रतिशतमा झारेपछि सुनको मूल्यमा सकारात्मक प्रभाव देखिएको छ।



