२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

व्यावसायिक गाडी कर्जा घट्यो, बैंकहरुबाट १ खर्ब गाडी कर्जा प्रवाह

images

  • २०८१ मंसिर १०, सोमबार
  • 1.3K
    SHARES
  • व्यावसायिक गाडी कर्जा घट्यो, बैंकहरुबाट १ खर्ब गाडी कर्जा प्रवाह

    काठमाडौं : बैंकहरुमा गाडी कर्जाको माग केही हदसम्म बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज) सम्मको तथ्यांकले यस्तो देखाएको हो।

    तथ्यांकअनुसार समीक्षा अवधिसम्म बैंकहरुबाट कुल १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। यो अघिल्लो वर्षको समान अवधिमा १ खर्ब २९ अर्ब ६७ करोड ९८ लाख रुपैयाँको तुलनामा ३.६५ प्रतिशतले घटेको छ।

    व्यावसायिक प्रयोजनका लागि गाडी कर्जा मागमा कमी आएको देखिएको छ भने व्यक्तिगत प्रयोजनका लागि गाडी कर्जामा वृद्धि भएको छ।

    समीक्षा अवधिमा व्यावसायिक प्रयोजनका लागि बैंकहरुले ८५ अर्ब १० करोड ५७ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १०.१९ प्रतिशतले घटेको छ।

    व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले ३९ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४.१० प्रतिशतले वृद्धि भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ