काठमाडौं : डिजिटल वालेट आइएमई पेले राइड शेयरिङ एप इन-ड्राइभका चालकहरूलाई लक्षित गर्दै “पाँचमा १००- इन-ड्राइभको पुरै कमिसन फिर्ता” योजना सार्वजनिक गरेको छ। यो योजना ९ मङ्सिरदेखि ९ फाल्गुनसम्मका तीन महिनासम्म लागू हुनेछ।
कम्पनीले यो योजनामार्फत आइएमई पे एपमार्फत हुने डिजिटल भुक्तानीका सेवा प्रवर्द्धन गर्दै इन-ड्राइभ चालकहरूलाई आर्थिक लाभ प्रदान गर्ने लक्ष्य लिएको छ। यस योजनामा सहभागी भई इन-ड्राइभ एपमा आइएमई पेबाट टप-अप गर्ने चालकहरूले तोकिएका भुक्तानी वा कारोबार पूरा गरेर आफूले तिर्नुपर्ने सम्पूर्ण कमिसन फिर्ता पाउन सक्नेछन्।
बोनस कमाउने अवसर
यस योजनामा सहभागी चालकहरूले १०० रुपैयाँसम्म बोनस पनि जित्न सक्छन्। बोनस प्राप्त गर्न निम्न ५ कार्य पूरा गर्नु पर्नेछ:
- नयाँ ग्राहकलाई आफ्नो रिफरल कोड दिएर आईएमई पे एपमा साइन-इन गराउँदा - प्रति साइन-इन ७५ रुपैयाँसम्म बोनस,
- यात्राको भुक्तानी आफ्नो आइएमई पे एपमा लिनु - प्रतिदिन १० रुपैयाँ बोनस,
- आइएमई पेबाट डेटा प्याक किन्दा - प्रतिदिन १० रुपैयाँ बोनस,
- भ्वाइस प्याक किन्दा - प्रतिदिन थप १० रुपैयाँ बोनस,
- मोबाइल रिचार्ज गर्दा - प्रतिदिन १० रुपैयाँ बोनस,
यो योजना इन-ड्राइभ चालकहरूको लागि थप आम्दानीको अवसर दिनुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
आइएमई पे एप प्रयोग गरेर सजिलै टप-अप गर्न सकिने र उपलब्ध सेवा उपयोग गरी बोनस प्राप्त गर्न सकिने हुँदा यो योजना सबै चालकहरूको लागि आकर्षक बन्ने विश्वास लिइएको छ।
डिजिटल भुक्तानी प्रवर्द्धन गर्दै चालकहरूलाई प्रत्यक्ष लाभ पुर्याउने यो योजना इन-ड्राइभ र आइएमई पे दुबैका लागि लाभदायक बन्ने देखिन्छ। चालकहरूले यो अवसरको सदुपयोग गर्दै आफ्नो आम्दानी बढाउन सक्नेछन्।



