२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज मंगलबार यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

images

  • २०८१ मंसिर ११, मंगलबार
  • 1.0K
    SHARES
  • आज मंगलबार यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं: मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

    दिनभर कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    रातिको समय पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। साथै यी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भागमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    मौसममा हुने यस्ता परिवर्तनले स्थानीय जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ