काठमाडौं :नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा संलग्न हुनुभएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको खोजी गर्न भारत पुगेको टोलीले अहिलेसम्म कुनै सुराक फेला पार्न सकेको छैन।
रायमाझीको खोजी गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली गत शुक्रबार भारत गएको थियो। तर, अझै सम्म राइमाझी,कता हुनुहुन्छ पत्ता लागृको छैन ।
रायमाझी भैरहवाबाट काठमाडौं आउन लागेका बेला वैशाख २० गते रातिबाट सम्पर्कबिहीन भएका थिए। त्यसपछि उनी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। रायमाझी सुरुमा लखनउ र गोरखपुर बसेको र पछि दिल्ली पुगेको सूचना पाएपछि सीआईबीको टोली भारत पुगेको हो।
वैशाख २० गते अर्घाखाँचीको कार्यक्रम सकेर उहाँ त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए। सोही अनुसार उहाँले भैरहवाबाट काठमाडौं आउनका लागि हवाई टिकटसमेत काटेका थिए। तर राइमाझी एकाएक सम्पर्कविहीन भएका छन् ।



