२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीन वर्षे विकास ऋणपत्र जारी गर्दै सरकार, १० अर्बको लक्ष्य

images

  • २०८१ मंसिर ११, मंगलबार
  • 971
    SHARES
  • तीन वर्षे विकास ऋणपत्र जारी गर्दै सरकार, १० अर्बको लक्ष्य

    काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन वर्ष अवधिका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८४ जारी गर्ने भएको छ। यो ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ।

    यसको बोलकबोल प्रक्रिया भोलि हुनेछ, भने १३ गते ऋणपत्र निष्कासन हुने छ। इच्छुक खरिदकर्ताहरूले बोलकबोल पेस गर्नसक्ने व्यवस्था गरिएको छ।

    ऋणपत्र खरिद गर्नका लागि इच्छुकहरूले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइट वा राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली सफ्टवेयरमार्फत सहज रूपमा बोलकबोल पेस गर्न सक्नेछन्।

    बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा व्यक्तिगत रूपमा नेपाली नागरिकहरू सहभागी हुन पाउनेछन्।

    यो ऋणपत्रको जारी प्रक्रियाले सरकारलाई दीर्घकालीन परियोजनाहरूका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ