काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई नयाँ कम्पनीको शेयर सूचिकृत भएको छ। आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ शेयर र विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर सूचिकृत भएका छन्।
विशाल बजार कम्पनीले नेपाल सरकारको नाममा रहेका ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता संस्थापक शेयर सूचिकृत गरेको छ। यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्थाले ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ शेयर सूचिकृत गराएको छ।
शेयर सूचिकरणसँगै यी कम्पनीहरूको शेयर नेप्सेमा कारोबारका लागि खुला हुनेछन्।



