२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चन्द्रागिरि हिल्सको वार्षिक साधारण सभा: नयाँ निर्णयहरू र वित्तीय स्थिति सार्वजनिक

images

  • २०८१ मंसिर ११, मंगलबार
  • 1.7K
    SHARES
  • चन्द्रागिरि हिल्सको वार्षिक साधारण सभा: नयाँ निर्णयहरू र वित्तीय स्थिति सार्वजनिक

    काठमाण्डौ : चन्द्रागिरि हिल्स लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ। मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

    कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांस वितरण नगर्ने जनाएको छ। सभामा सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संसोधन गर्न अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

    यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत पन्धौं वार्षिक प्रतिबेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त आव २०८०-८१ को आय व्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु स्वीकृत गर्ने आव २०८१-८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता सामान्य प्रस्तावहरु समेत पारित गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ