२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा विशेष छुट सुविधा

images

  • २०८१ मंसिर ११, मंगलबार
  • 1.2K
    SHARES
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा विशेष छुट सुविधा

    काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले अब जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एन्ड वेल्नेस सेन्टरका सेवा माथि विशेष छुट प्राप्त गर्न सक्ने भएका छन्।

    बैंकले ग्राहकलाई थप सेवा उपलब्ध गराउन काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निरभाना फिजियोथेरापी एन्ड वेल्नेस सेन्टर’सँग सम्झौता गरेको छ।

    सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न औषधि, फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचारसम्बन्धी सेवाहरूमा विशेष छुट पाउनेछन्।

    यस अन्तर्गत ग्राहकले लाजिम्पाट र भक्तपुर शाखाबाट औषधि तथा स्वास्थ्य सम्बन्धी उत्पादन खरिदमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

    यो सुविधा बैंकका ग्राहक र कर्मचारीहरूका लागि स्वास्थ्य सेवामा पहुँचलाई सहज र किफायती बनाउने उद्देश्यले प्रदान गरिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ