२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बुधबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

images

  • २०८१ मंसिर १२, बुधबार
  • 821
    SHARES
  • बुधबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : बुधबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतः सफा रहने मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि संभावना छ।

    रातिको समयमा पनि यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतः सफा रहने अपेक्षा गरिएको छ।

    मौसममा हुने यो परिवर्तनका कारण चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ