२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमसीए नेपालको ठूलो परियोजना: २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माण प्रक्रिया सुरू

images

  • २०८१ मंसिर १२, बुधबार
  • 2.0K
    SHARES
  • एमसीए नेपालको ठूलो परियोजना: २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माण प्रक्रिया सुरू

    काठमाडौँ : मिलेनियम च्यालेन्ज एकाउन्ट–नेपाल (एमसीए–नेपाल) ले २ सय ९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न बोलपत्र पुनः आह्वान गरेको छ।

    यो परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपाल कम्प्याक्ट कार्यक्रमको महत्त्वपूर्ण अंश हो, जसले देशको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

    तीन खण्डमा निर्माण

    लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको यस प्रसारण लाइनको बोलपत्र प्रस्तुत गर्ने अन्तिम समयसीमा २०८१ माघ १७ गते तोकिएको छ।

    संशोधित प्रावधान

    पहिलेको बोलपत्र प्रक्रियाको समीक्षा गरी परिमार्जित डिजाइन, टावर निर्माण स्थलसम्मको पहुँच सुधार र बोलपत्रदाताहरूको सुझावका आधारमा व्यावसायिक प्रावधानहरू परिमार्जन गरिएको छ।

    यस्ता समायोजनले कार्यान्वयनमा सहजता, लागत–प्रभावकारिता र प्रतिस्पर्धात्मक प्रस्तावहरू सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

    प्रगति र थप योजना

    बुटवल–गोरखपुर प्रसारण लाइनको नेपालमा पर्ने १८ किलोमिटर खण्डको निर्माणका लागि एमसीए–नेपालले १ सय २३.६० लाख अमेरिकी डलर को सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ भदौ १४ मा गरिसकेको छ। यो खण्ड २१ महिनाभित्र पूरा गरिने योजना छ।

    एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार, “पहिलेका अनुभव र परिमार्जित प्रावधानहरूका कारण बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइनका लागि बोलपत्रदाताहरूको चासो बढ्नेछ। प्रतिस्पर्धात्मक बोलपत्रहरू आह्वान हुनेमा हामी विश्वस्त छौँ।”

    अन्य कार्यहरू

    चार सय केभीका तीन सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइनको निर्माण कार्य प्रारम्भ भइसकेको छ। यी कार्यले देशको ऊर्जा पूर्वाधार विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ