२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एलआईसी नेपालको हकप्रद शेयर बिक्री खुला: आवेदन पुस २ गतेसम्म

images

  • २०८१ मंसिर १२, बुधबार
  • 2.6K
    SHARES
  • एलआईसी नेपालको हकप्रद शेयर बिक्री खुला: आवेदन पुस २ गतेसम्म

    काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम चुक्ता पूँजीको ८८.४५ प्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ ०.८८४५ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

    यो प्रक्रियामा कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरका प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ।

    आवेदन दिने अन्तिम मिति

    यस हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले यस प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ। त्यसैले कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

    आवेदन दिने ठाउँ

    शेयर आवेदन कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमार्फत दिन सकिन्छ। साथै लाइफ इन्स्योरेन्स कर्पोरेशनको पुतलीसडकस्थित मुख्य कार्यालय स्टार मल र यसको सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।
    यसका अतिरिक्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुमा पनि आवेदन दिने सुविधा रहेको छ।

    कम्पनीको रेटिङ्ग

    इक्रा नेपालले एलआईसी नेपाललाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको देखाउँछ।

    शेयरधनीहरुले यस अवसरको लाभ उठाउँदै तोकिएको समयमा आवेदन दिन अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ