२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आवश्यकताअनुसार पाइपलाइनमा रहेका आइपीओलाई अनुमति दिनेछौंः अध्यक्ष श्रेष्ठ

images

  • २०८१ मंसिर १२, बुधबार
  • 1.4K
    SHARES
  • आवश्यकताअनुसार पाइपलाइनमा रहेका आइपीओलाई अनुमति दिनेछौंः अध्यक्ष श्रेष्ठ

    काठमाडौं : नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजदेखि पदभार ग्रहण गर्दै पाइपलाइनमा रहेका आइपीओहरूको आवश्यकता अनुसार अनुमति दिने तयारी गरेको जानकारी दिएका छन्।

    हाल बोर्डमा ७७ वटा कम्पनीको आइपीओ पाइपलाइनमा रहेका छन्। यी कम्पनीहरूले ४४ अर्ब ७५ करोड ४६ लाख ९३ हजार तीन सय ५६ कित्ता सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन्।

    त्यस बाहेक ऋणपत्र, हकप्रद, एफपीओ जस्ता अन्य धितोपत्र जारी गर्नका लागि परेको आवेदनहरू थप गर्दा बोर्डमा प्रक्रियामा रहेका कम्पनीहरूको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। अध्यक्ष श्रेष्ठले यसपटक आइपीओहरूको अनुमति प्रक्रिया आवश्यकता अनुसार गर्ने योजना प्रस्तुत गरेका छन्।

    नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले एभरेष्ट बैंकको बोनस दर्तासमेत पहिलो निर्णयको रुपमा लिएका छन्।

    श्रेष्ठले लगानीकर्ताको हितलाई प्राथमिकता दिँदै बोर्डका चुनौतीलाई अवसरमा बदल्दै काम अघि बढाउने तयारी गरेको बताएका छन्। उनले लगानीकर्ताको सुरक्षालाई प्रमुख प्राथमिकता दिँदै नेपालको पूँजी बजारको थप विकासका लागि आफ्नो योजना प्रस्तुत गरेका छन्।

    अध्यक्ष श्रेष्ठका अनुसार बजार विस्तारका अवसरहरू प्रचुर छन्। उनले नेपालको पूँजी बजारको पूर्ण सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् र राष्ट्रहितमा काम गर्ने उद्देश्यलाई ध्यानमा राख्दै नेपालका पूँजी बजारको संरचना र कार्यप्रणालीमा सुधार गर्ने बताएका छन्।

    उनले  लामो समयसम्मको योजना तयार गर्दै ट्रान्सप्यारेन्सीलाई मुख्य प्राथमिकता दिने बताए, जसले नेपालको पूँजी बजारलाई थप उचाइमा पुर्याउन मद्दत पुर्याउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ