काठमाडौँ : आज साताको चौथो कारोबार दिन नेप्से ३८.८१ अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३८.८१ अंक बढेर २,७५५.४७ विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स ३.३३ अंक, फ्लोट इण्डेक्स २ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक बढेको छ।
आज कारोबार रकम पनि बढेको छ। हिजो दिन ७ अर्ब ४४ करोडको शेयर कारोबार भएको बजारमा आज २ सय ४४ कम्पनीको ८९ हजार पटकको कारोबारमा ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ, भने ४० कम्पनीको सेयर मूल्य घट्नुको साथै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.६३ प्रतिशतले बढेको छ, भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०९ प्रतिशतले बढेको छ।



