२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेल

images

  • २०८१ मंसिर १२, बुधबार
  • 1.0K
    SHARES
  • अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेल

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूको वर्गीकरण शय्याको सङ्ख्या होइन सेवाको गुणस्तर र प्रभावकारिताका आधारमा गर्नुपर्ने धारणा राखेका छन्।

    नेपाली कांग्रेसका अग्रज नेता स्व. बलबहादुर श्रेष्ठको १२ औँ स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अस्पतालहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन सेवामुखी दृष्टिकोण आवश्यक रहेको बताए।

    उहाँले अस्पतालहरूलाई सेवाका आधारमा वर्गीकरण गर्दा नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा रहेको समाजवाद र लोकतन्त्रलाई अनुभवमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। मन्त्री पौडेलले भने “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन तर आवश्यकताअनुसार व्यवस्थित गर्नुपर्छ। सुधारका लागि निरन्तर लाग्नुपर्नेछ।”

    जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवाका लागि स्रोत र साधनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए। सीमित साधनस्रोतका बाबजुद अधिकतम सेवा दिनुपर्ने बाध्यतालाई सम्बोधन गर्न मन्त्रालयले सुधारात्मक प्रयास गरिरहेको उहाँले बताए।

    बालबालिकाको स्वास्थ्यका लागि पाँच अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क व्यवस्था गरिएको र आठ अस्पतालमा जलन उपचारको निःशुल्क सेवा सुरु गरिएको जानकारी पनि मन्त्री पौडेलले दिए।

    स्व. श्रेष्ठको योगदानलाई स्मरण गर्दै आयोजित कार्यक्रम इच्छाकामना गाउँपालिकामा सम्पन्न भएको थियो। स्व. श्रेष्ठको जन्म विसं २००८ मङ्सिर १२ मा भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ