२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भान्सामा मिठो खाना बनाउनका लागि उपयोगी टिप्स

images

  • २०८१ मंसिर १२, बुधबार
  • 1.1K
    SHARES
  • भान्सामा मिठो खाना बनाउनका लागि उपयोगी टिप्स

    काठमाडौँ : मिठो खाना बनाउने कुरा सुन्दा सजिलो लागे पनि वास्तविकतामा यो एक कला हो। यहाँ हामीले केही उपयोगी टिप्स प्रस्तुत गरेका छौं, जसले तपाईंलाई खाना अझ स्वादिलो बनाउन सहयोग गर्नेछ:

    1. ओभनलाई पहिले तताउनुस्: कुनै पनि परिकार बेक गर्नुअघि ओभनलाई प्रि-हिट गर्न कहिल्यै नबिर्सनुस्। यसले परिकार राम्ररी र समान रूपमा बेक हुन्छ।
    2. प्रेसर कुकर सहीसँग प्रयोग गर्नुस्: केही कुरा उमाल्नुपर्ने बेला कुकरको ढकनी ठीकसँग बन्द गर्नुपर्छ। बाफ नफुत्कियोस् भन्नका लागि ढकनी चेक गर्नुहोस्। मध्यम तापमा पकाउँदा खाना छिटो उम्लिन्छ र ग्यास पनि बचत हुन्छ।
    3. झोल तरकारी मिठो बनाउनुस्: झोल तरकारी बनाउने बेला सुरुमा मसला राम्रोसँग भुट्नुस्। अर्काे चुलोमा पानी उमालिराखेर त्यो उम्लिएको पानी हालेर पकाउनुस्। यसो गर्दा झोलको स्वाद गाढा र मिठो हुन्छ।
    4. प्याज चाँडो भुट्नुस्: प्याज भुट्दा त्यसमा अलिकति नुन थप्नुभयो भने चाँडै पाक्छ।
    5. काँक्रोको तीतोपन हटाउनुस्: काँक्रोलाई काट्नुको सट्टा बीचबाट पिट्ने गरे तीतोपन हटाउन सकिन्छ।
    6. भान्साका उपकरण उपयोग गर्नुस्: तीखो चक्कु र फूड प्रोसेसरले तरकारी काट्ने समय बचाउँछ र सजिलो बनाउँछ।
    7. फलामको कराई प्रयोग गर्नुहोस्: फलामको कराईमा खाना पकाउँदा शरीरलाई आइरनको आवश्यकता पूरा गर्न सकिन्छ।
    8. पूरी बनाउन दूधको प्रयोग: मिठो पूरी बनाउनु छ भने पीठोलाई दूधले मुछ्नुस्।
    9. पकौडा कुरुमकुरुम बनाउनुस्: बेसनको घोलमा कागतीको रस मिसाउनुहोस्। यसले पकौडा धरै तेल सोस्दैन र कुरुमकुरुम बन्छ।

    यी सरल तर प्रभावकारी टिप्सले तपाईंको खाना पकाउने कला सुधार्न मद्दत गर्नेछन्। मिठो खाना बनाउनुहोस् र परिवारसहित आनन्द लिनुहोस्!

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ