२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजको मौसम अपडेट : तराईमा कुहिरोदेखि हिमाली क्षेत्रमा हिमपातसम्म

images

  • २०८१ मंसिर १३, बिहीबार
  • 1.4K
    SHARES
  • आजको मौसम अपडेट : तराईमा कुहिरोदेखि हिमाली क्षेत्रमा हिमपातसम्म

    काठमाडौँ : देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसारआज बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। विशेष गरी तराई र पहाडी क्षेत्रका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

    बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनसक्ने अनुमान गरिएको छ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। साथै यी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनसक्नेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ