काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा निर्माण भइरहेको विधुतीय शवदाह गृहका लागि २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। उक्त सहयोग बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई हस्तान्तरण गरिन्।
विधुतीय शवदाह गृह कोहलपुर नगरपालिका वडा नं. ११ मा डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा निर्माण भइरहेको छ। यस परियोजनाले नगरवासी र आसपासका क्षेत्रका जनताका लागि शवदाह प्रक्रिया सरल, सहज र कम खर्चिलो बनाउने लक्ष्य लिएको छ। कार्यवाहक नगर प्रमुख सुवेदीका अनुसार यो परियोजना वातावरणमैत्री र व्यावहारिक हुने विश्वास गरिएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न परियोजनामा सक्रिय भूमिका खेल्दै आएको छ। यस बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता हासिल गरेको छ।
यो पहलले सामुदायिक विकास र वातावरण संरक्षणमा बैंकको योगदानलाई थप मजबुत बनाएको छ।



