काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई लघुवित्त कम्पनीहरूको शेयर मूल्य समायोजन भएको छ। सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सले आफ्ना बोनश शेयर वितरणपछि शेयर मूल्य समायोजन गरेका हुन्।
सपोर्ट माइक्रोफाइनान्सले १३.७७५ प्रतिशत बोनश शेयर वितरण गरेपछि यसको समायोजित शेयर मूल्य प्रतिकित्ता २ हजार ९ सय २४ रुपैयाँ तोकिएको छ। यसअघि कारोबार बन्द हुनु अघि कम्पनीको शेयर मूल्य ३ हजार ३ सय २७ रुपैयाँ थियो।
यस्तै, फरवार्ड माइक्रोफाइनान्सको १३.३ प्रतिशत बोनश शेयर वितरणपछि यसको समायोजित मूल्य प्रतिकित्ता १ हजार ३ सय ५२ रुपैयाँ कायम गरिएको छ।
उक्त मूल्य समायोजनले दुवै कम्पनीको शेयरधनीहरूलाई नयाँ बोनश शेयरसहित बजार मूल्यको सन्तुलन कायम गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ।



