काठमाडौँ : आज देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो पनि कोशी प्रदेशका पहाडी क्षेत्रहरुमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सफा रहने अपेक्षा गरिएको छ। दिउँसो वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहिरहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ।
देशभर तापक्रम क्रमशः घट्दै गएको छ। शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ।



