२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ज्योति विकास बैंकले १० प्रतिशत छुटको साथ ई-रिभल्भिङ रेष्टुरेन्टसँग सम्झौता

images

  • २०८१ मंसिर १४, शुक्रबार
  • 1.6K
    SHARES
  • ज्योति विकास बैंकले १० प्रतिशत छुटको साथ ई-रिभल्भिङ रेष्टुरेन्टसँग सम्झौता

    काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको न्युरोडस्थित ई-रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टसँग सम्झौता गरेको छ, जसअन्तर्गत बैंकका ग्राहकलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।

    यो सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्वादिष्ट परिकारहरूको मजा लिन सक्छन्, आकर्षक वातावरणमा समय बिताउन सक्छन् र उत्कृष्ट आतिथ्य सेवासँगै हरेक ४६ मिनेटमा सुस्त घुम्ने रेस्टुरेन्टको विशेषतासमेत अनुभव गर्न सक्नेछन्।

    यसअघि बैंकले अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र महोत्सव रेस्टुरेन्ट एन्ड बारमा पनि १० प्रतिशत छुट दिने सम्झौतामा हस्ताक्षर गरिसकेको छ। साथै सोयाछा ट्रेडर्समा १८ प्रतिशतसम्म र अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराइएको छ।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै विभिन्न व्यवसायसँग सहकार्य गर्दै विशेष छुट र सुविधा उपलब्ध गराउँदै आएको छ।

    बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नवजात शिशुको जीवन रक्षा गर्न ५१ वटा शिशु तताउने उपकरण (बेबी वार्मर) प्रदान गरेको छ, जसले हरेक वर्ष करिब १ हजार ८ सय ८७ नेपाली शिशुको जीवन बचाउन मद्दत पुर्याउँछ।

    ज्योति विकास बैंकले आफ्नो खुद नाफाबाट सामाजिक उत्तरदायित्वमा ५० प्रतिशत बढी रकम छुट्याई नागरिकको हितमा कार्य गर्दै आएको जनाएको छ।

    हाल बैंकले उपत्यका र उपत्यकाबाहिर १ सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। ग्राहकको सुविधा र समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिँदै बैंकले आगामी दिनमा पनि सेवामूलक कार्यलाई निरन्तरता दिने बताएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ