२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नोभेम्बरमा विदेशी पर्यटकको चाप, भारत र चीन शीर्ष स्थानमा

images

  • २०८१ मंसिर १६, आइतबार
  • 1.4K
    SHARES
  • नोभेम्बरमा विदेशी पर्यटकको चाप, भारत र चीन शीर्ष स्थानमा

    काठमाडौं : सन् २०२४ मा नेपालमा पर्यटक आगमन उल्लेख्य वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरी देखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। विशेषगरी नोभेम्बर महिनामा मात्र १ लाख १४ हजार ५ सय १ जना पर्यटक नेपाल आएका छन्।

    नोभेम्बरमा भारतबाट सबैभन्दा धेरै १९ हजार ९ सय १५ जना पर्यटक भित्रिएका छन्। यद्यपि यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले घटेको हो। गत वर्ष यसै अवधिमा भारतबाट २४ हजार ४ सय ४३ जना पर्यटक आएका थिए।

    यसैगरी अमेरिकाबाट १० हजार ९ सय ८१, बेलायतबाट ६ हजार ६ सय ११, चीनबाट ९ हजार ४ सय ५८ र अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ पर्यटक आएका छन्।

    वर्षभरि नेपाल भ्रमण गर्ने पर्यटकको संख्या महिनैपिच्छे बढिरहेको देखिन्छ। जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ जना पर्यटक आएका छन्।

    नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र धार्मिक महत्वले विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। पर्यटक आगमनको यो वृद्धि नेपालको पर्यटन क्षेत्रको लागि सकारात्मक संकेत हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ