काठमाडौँ : आज साताको दोस्रो कारोबार दिन नेप्से १९.९७ अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १९.९७ अंक बढेर २,७५८.०४ विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ, भने फ्लोट इण्डेक्स ०. ३२ अंक बढेको छ।
आज कारोबार रकम पनि बढेको छ। आघिल्लो कारोबार दिन ८ अर्ब ८३ करोडको शेयर कारोबार भएको बजारमा आज २ सय ४४ कम्पनीको १ लाख ३ हजार ४ सय ८१ पटकको कारोबारमा १० अर्ब ५४ करोड रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये १ सय २६ कम्पनीको सेयर मूल्य बढेको छ, भने १ सय ११ कम्पनीको सेयर मूल्य घट्नुको साथै ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशतले बढेको छ, भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४१ प्रतिशतले बढेको छ।



