२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तेजपात: स्वाद र स्वास्थ्यको अद्भुत मिश्रण

images

  • २०८१ मंसिर १७, सोमबार
  • 1.5K
    SHARES
  • तेजपात: स्वाद र स्वास्थ्यको अद्भुत मिश्रण

    काठमाडौँ : तेजपात, जसलाई तेजपत्तासमेत भनिन्छ। यसलाई खानाको स्वाद र बास्ना बढाउनको लागि प्राचीनकालदेखि प्रयोग हुँदै आएको छ। यसको पातमा आवश्यक पोषक तत्व र खनिजहरू पाइन्छ, जसले स्वास्थ्यलाई विभिन्न तरिकामा फाइदा पुर्‍याउँछ।

    तेजपातमा भिटामिन A, C, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ। यसमा इन्जाइमहरू पनि हुन्छन् जसले प्रोटिनलाई तोड्न र पाचन सुधार गर्न मद्दत गर्छ।

    नेपालमा तेजपात र दालचिनी बीचको अन्तर स्पष्ट छ। दालचिनी सिनामम्मम् भेरम (पर्यायवाची सिनामम्मम् जेलेनिकम) हो भने, तेजपातलाई आयुर्वेदमा सिनामोम्मम् टमला भनिन्छ। तेजपातको प्रयोग विभिन्न स्वास्थ्य समस्याहरूको उपचारमा गरिन्छ।

    के-केका लागि उपयोगी हुन्छ?

    • स्वास्थ्यमा फाइदाजनक: तेजपात ज्वरो, रुघाखोकी, अपच, कब्जियत, छालासम्बन्धी रोग र कपालका समस्यामा औषधिको रूपमा प्रयोग हुन्छ।
    • मोटोपन र रोगप्रतिरोधात्मक क्षमता: चियामा दैनिक तेजपात राखेर खाँदा मोटोपनको समस्याबाट बच्न र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
    • मधुमेहमा फाइदा: २०१६ को एक अनुसन्धान अनुसार, टाइप २ मधुमेहका बिरामीलाई तेजपातले रगतमा ग्लुकोजको मात्रा सामान्य बनाउन मद्दत पुर्‍याउँछ।
    • कोलेस्टेरोल घटाउन: तेजपातले शरीरमा खराब कोलेस्टेरोल घटाउने र राम्रो कोलेस्टेरोल बढाउने कार्य गर्दछ।
    • एन्टिइन्फ्लेमेटरी गुण: यसको भिटामिन C र एन्टिइन्फ्लेमेटरी गुणहरूले दाँत र गिजा स्वस्थ राख्न मद्दत गर्छ र जोर्नीको दुखाइ कम गर्छ।

    स्वास्थ्य समस्यामा राहत:

    • पेटसम्बन्धी समस्या, कब्जियत र एसिडिटीको समस्या समाधान गर्न मद्दत गर्दछ।
    • हृदयरोगको जोखिम कम गर्न र माइग्रेनसँग लड्न पनि प्रभावकारी छ।

    कसले  सेवन गर्नु हुदैन?

    रगत पातलो गर्ने औषधि खाइरहेका व्यक्तिहरूले तेजपातको सेवन गर्नु हुँदैन। अत्याधिक प्रयोगले शरीर सुन्निने समस्या पनि उत्पन्न हुन सक्छ।

    कुन समयमा सेवन गर्न सकिन्छ?

    • मधुमेह, मोटोपन र कोलेस्टेरोलका लागि: बिहान खाली पेटमा चिया बनाएर वा पाउडर बनाएर एक चम्चा खानु उपयुक्त हुन्छ।
    • पेटको समस्यामा: खानापछि तेजपात सेवन गर्नाले ग्यास र एसिडिटीको समस्या कम गर्न मद्दत गर्छ।

    कसरी प्रयोग गर्ने?

    तेजपातको औषधीय गुण प्राप्त गर्न, खानासँगै पकाउँदा यसलाई आधा पाकिसकेपछि वा पाक्न लागेपछि नै हाल्नु पर्छ। अत्यधिक तेलमा हालेर पकाउँदा यसको औषधीय गुण नष्ट हुन्छ।

    यसरी तेजपातको उचित र सही प्रयोगले स्वास्थ्यमा विभिन्न फाइदाहरू पुर्याउन सक्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ