काठमाडौँ : देशभरि आजको मौसम सामान्य रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
बिहान:
कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली देखिएको छ, भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।
दिउँसो:
कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ, तर बाँकी भू–भागमा मौसम सफा रहने सम्भावना छ।
राति:
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।



