२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल एसबीआई मर्चेण्ट बैंकिङका अध्यक्षमा विकास आनन्द चयन

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 1.8K
    SHARES
  • नेपाल एसबीआई मर्चेण्ट बैंकिङका अध्यक्षमा विकास आनन्द चयन

    काठमाडौं : नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडको सञ्चालक समितिको मंसिर १७ गते सम्पन्न ६६औँ बैठकले विकास आनन्दलाई नेपाल एसबीआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्त गरेको छ।

    उक्त बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो। विकास आनन्द यसअघि नेपाल एसबीआई बैंक लिमिटेडमा प्रमुख सञ्चालन अधिकृतको रुपमा कार्यरत थिए। उनले बैंकको केन्द्रीय सञ्चालन, मानव संसाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून सम्बन्धी विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए।

    सञ्चालक पदमा नियुक्त भएपछि विकास आनन्दले प्रचलित कम्पनी ऐनअनुसार गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन्।

    शपथ ग्रहण कार्यक्रममा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका सञ्चालकहरु राजेश कुमार पाण्डा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल तथा कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिति रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ