२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैंकिङ निक्षेप र कर्जा दुवै बढ्यो, अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा कायम

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 1.7K
    SHARES
  • बैंकिङ निक्षेप र कर्जा दुवै बढ्यो, अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा कायम

    काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप र कर्जा दुवै बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १६ गतेसम्म बैंकिङ प्रणालीमा ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यो अघिल्लो दिनको ६६ खर्ब ३९ अर्ब रुपैयाँभन्दा १ अर्बले बढी हो।

    वाणिज्य बैंकका निक्षेप

    मंसिर १५ गते वाणिज्य बैंकहरुले ५८ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए, जुन मंसिर १६ गते बढेर ५९ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ।

    कर्जा प्रवाहमा वृद्धि

    सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब रुपैयाँ कर्जा प्रवाह थप गरेका छन्। मंसिर १५ गते ५३ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएकोमा मंसिर १६ गते यो संख्या बढेर ५३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।
    वाणिज्य बैंकहरुको मात्र कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन ४७ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले मंसिर १६ गते ४७ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

    औसत सिडी रेसियो र ब्याजदर

    नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको औसत सिडी (क्रेडिट-डिपोजिट) रेसियो ७८.५९ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा कायम रहेको छ।

    पछिल्लो समय निक्षेप र कर्जाको वृद्धिसँगै बैंकिङ प्रणाली थप स्थायित्वतर्फ उन्मुख भएको देखिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ