काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले आयोजना गरेको ‘सिटिजन एन्युअल बिजनेस रिट्रीट २०८१’ कार्यक्रम पोखराको होटेल ‘पोखरा ग्रान्ड’ मा मंसिर १४ देखि १६ गतेसम्म भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट २ सय ५० जनाभन्दा बढी सहभागी भएका थिए।
सिटिजन लाइफले आफ्ना कर्मचारी र अभिकर्ताहरूको सीप विकासका लागि समय-समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहयोगमा प्रशिक्षण कक्षाहरू सञ्चालन गर्दै आएको छ। यस पटक पनि सिटिजन लिडर्सको व्यावसायिक तथा व्यक्तिगत सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमका मुख्य प्रशिक्षक अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागीहरूलाई बिक्री कला, व्यक्तित्व विकास, प्रभावकारी संचार, पेशागत आत्मविश्वास र व्यक्तिगत प्रस्तुति लगायतका विषयमा प्रशिक्षण दिएका थिए। उनले एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) को महत्त्वबारे पनि स्पष्ट पारे।
सहभागीहरूले आफ्नो क्षेत्रीय मौलिकता झल्काउँदै विविधतामा एकताको भावनासहित सांस्कृतिक पोशाकमा नृत्य–गान प्रस्तुत गरे, जसले कार्यक्रमलाई थप आकर्षक बनायो। साथै सहभागीलाई सातवटा समूहमा विभाजन गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेल खेलाइएको थियो।
कार्यक्रमका क्रममा सिटिजन लिडर्सले पोखराका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गर्दै त्यहाँको सामाजिक तथा आर्थिक परिवेशबारे जानकारी लिने अवसर पनि पाए।
सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सहभागीहरूको मिहिनेतको प्रशंसा गर्दै व्यापार वृद्धि र व्यक्तिगत विकासका लागि अझ राम्रो सम्भावनाहरू भएको बताए। कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसेडरहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख मार्केटिङ अधिकृत भूषण रिमाल र अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति थियो।
कार्यक्रमकै क्रममा 'सिटिजन अर्निङ पोइन्ट' को उद्घाटन गरिएको थियो। सहभागीहरूले यस प्रशिक्षणबाट पाएको ज्ञान आफ्नो व्यावसायिक तथा व्यक्तिगत जीवनमा उपयोगी हुने आशा व्यक्त गरे।
कम्पनीले आगामी दिनहरूमा पनि यस्तै उपयोगी तालिम र कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेको छ।



