२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तराई र उपत्यकामा हुस्सु, पहाडमा आंशिक बदली, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ मंसिर १९, बुधबार
  • 976
    SHARES
  • तराई र उपत्यकामा हुस्सु, पहाडमा आंशिक बदली, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौँ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर अधिकांश स्थानको मौसम सफा रहनेछ। दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य क्षेत्रहरूमा मौसम सफा रहनेछ।

    राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली देखिन सक्छ, तर अन्यत्र मौसम सामान्य रहने अपेक्षा गरिएको छ।

    बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकोले यातायात, दैनिक जनजीवन र उडानमा आंशिक असर पर्न सक्नेछ। विभागले यसबाट हुन सक्ने असुविधा न्यूनिकरण गर्न सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

    सुरक्षित यात्रा र दैनिक कामकाजका लागि आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ