२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सूर्यज्योति लाइफको नयाँ योजना: अनलाइन प्रिमियम भुक्तानीमा नगद फिर्ता र उपहार जित्ने मौका

images

  • २०८१ मंसिर १९, बुधबार
  • 1.7K
    SHARES
  • सूर्यज्योति लाइफको नयाँ योजना: अनलाइन प्रिमियम भुक्तानीमा नगद फिर्ता र उपहार जित्ने मौका

    काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूको लागि आकर्षक योजना ल्याएको छ। यस योजनाअन्तर्गत खल्ती पेमेन्ट गेटवे सँगको सहकार्यमा मंसिर १८ गतेदेखि पुष २९ गते सम्म बीमाशुल्क भुक्तानी गर्ने बीमितहरूले विभिन्न आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

    सूर्यज्योतिका बीमितहरूले खल्ती एप मार्फत प्रिमियम तिर्दा रु ३०० देखि रु ५०० सम्म नगद फिर्ता प्राप्त गर्ने अवसर पाउनेछन्। बीमा नविकरण मिति अगावै भुक्तानी गरेमा रु ५ सय र तोकिएको नविकरण मितिको ७ दिन भित्र भुक्तानी गरेमा रु ३ सय प्राप्त गर्न सक्नेछन्।

    यसोमात्र होइन प्रत्येक हप्तामा एक भाग्यशाली बीमितले दुईवटा सिनेमाको टिकट जित्नेछन्। साथै प्रत्येक १५ दिनमा अर्को भाग्यशाली बिजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन्। सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी बीमाशुल्क तिर्ने हरेक बीमितले रु ५० को मोबाइल टपअप पाउनेछन्।

    यस योजनाको बम्पर उपहार अन्तर्गत योजना समाप्तिमा एक जना भाग्यशाली बिजेताले स्मार्ट मोबाइल फोन जित्ने मौका प्राप्त गर्नेछन्।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै बीमित तथा अभिकर्ताहरूसँग सरल र सहज तरिकामा सेवा प्रदान गर्नका लागि ध्यान केन्द्रित गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीका अनुसार, यस योजनाले मोबाइल एप प्रयोगकर्ताहरूको संख्या वृद्धि गर्ने र प्रबिधिको प्रयोगमा प्रोत्साहन पुर्याउने उद्देश्य राख्दछ।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो ऐतिहासिक मर्जर सम्पन्न गर्दै उत्कृष्ट सेवा प्रदान गरिरहेको छ र छोटो समयमै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। कम्पनी जीवन बीमा क्षेत्रको पहिलो कम्पनी हो जसले ३५ घातक रोगहरूको उपचार खर्चको सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ। यससँगै सूर्यज्योति लाइफ ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी पनि बनेको छ।

    कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको समयमा वित्तीय वर्ष २०८०/८१ का लागि वित्तीय विवरण स्वीकृत गरी शेयरधनीहरूको लागि २० प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ