२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल-चीन सांस्कृतिक सहकार्यद्वारा पर्यटन प्रवर्द्धनको प्रयास

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 751
    SHARES
  • नेपाल-चीन सांस्कृतिक सहकार्यद्वारा पर्यटन प्रवर्द्धनको प्रयास

    काठमाडौं : नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट अझ सुमधुर बनाउँदै दुवै देशका नागरिकलाई आपसी भ्रमणमा प्रेरित गर्ने उद्देश्यले बुधबार चाइना कल्चरल सेन्टर (सिसिसी) द्वारा आयोजित ‘निहाओ चाइना’ कार्यक्रममा नेपाल र चीनका पर्यटन व्यवसायी तथा विमान कम्पनीहरूले सहकार्यका सम्भावनाहरूबारे छलफल गरे।

    चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सिसिसीका निर्देशक सियाओ जियाङले नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन गन्तव्यहरूबारे जानकारी दिन पाउँदा खुसी व्यक्त गरे।

    उनले यस किसिमका कार्यक्रमले दुवै देशका पर्यटन व्यवसायीबीच सम्बन्ध थप मजबुत बनाउन, सूचना आदानप्रदान गर्न तथा भविष्यमा सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले चिनियाँ पर्यटकीय उत्पादन, खानपान, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे जानकारी गराए। सहभागीहरूले नेपालको पर्यटन प्रवर्द्धन गर्न र चीनबाट थप पर्यटक आकर्षित गर्न सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरू उपयोगी हुने बताए।

    नेपाल भ्रमण वर्ष २०२५ को तयारीलाई मध्यनजर गर्दै र नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यस्तो द्विदेशीय पर्यटन प्रवर्द्धन कार्यक्रम महत्वपूर्ण हुने सहभागीहरूको धारणा थियो।

    कार्यक्रममा नेपाली पर्यटन व्यवसायीहरूसँगै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीजस्ता चिनियाँ कम्पनीका प्रतिनिधिहरूले आ-आफ्ना अनुभवहरू साझेदारी गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ