२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिर्जना र सूर्य नारायणलाई उत्कृष्ट माटो संरक्षण पुरस्कार

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.3K
    SHARES
  • सिर्जना र सूर्य नारायणलाई उत्कृष्ट माटो संरक्षण पुरस्कार

    काठमाडौँ : एघारौँ विश्व माटो दिवसको अवसरमा दुई जना कृषकलाई सम्मान गरिएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिर्जना राई र सूर्य नारायण साहलाई सम्मान गरेको हो।

    उनीहरूलाई माटोको प्राकृतिक गुणलाई जोगाई राख्दै माटो स्वच्छ बनाएको योगदानका लागि १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ।

    राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टका अनुसार देशभरबाट १० हजार ८ सय माटोका नमुना सङ्कलन गरी परीक्षण गर्दा सबैभन्दा राम्रो माटो भेटिएका कृषकका रूपमा राई र साह चयन भएका हुन्।

    टिकटक प्रतियोगिता मार्फत माटोको महत्वको प्रचार

    सोही अवसरमा आयोजित टिकटक भिडियो प्रतियोगितामा अनिश खनाल प्रथम, कञ्चन अधिकारी दोस्रो र बिक्रम गिरी तेस्रो भएका छन्। ‘माटो सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा ६५ जना सहभागी भएका थिए।

    कृषि विभागका बाली विकास अधिकृत भवानी खतिवडाका अनुसार माटोको महत्त्वलाई झल्काउने, खेत-बारीमा गरिएको काम प्रस्तुत गर्ने मौलिक टिकटक भिडियोहरूलाई प्राथमिकता दिइएको थियो।

    प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। यो प्रतियोगिता नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) को संयुक्त सहकार्यमा सम्पन्न भएको हो।

    नेपालमा माटोको स्थिति

    नेपालमा खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत मात्र तटस्थ प्रकृतिको रहेको पाइएको छ। तटस्थ माटो नै खेतीका लागि सबैभन्दा उपयुक्त हुने सरोकारवालाले जनाएका छन्।

    नेपालले २०७२ सालदेखि हरेक वर्ष विश्व माटो दिवस मनाउँदै आएको छ। माटोको गुणस्तर सुधार्नका लागि यस प्रकारका अभियानले विशेष महत्त्व राख्ने विश्वास गरिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ