२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जावलाखेलको चिडियाखानामा नगदरहित सेवा: अब टिकट लिन सजिलो

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 1.4K
    SHARES
  • जावलाखेलको चिडियाखानामा नगदरहित सेवा: अब टिकट लिन सजिलो

    काठमाडौं : ललितपुरको जावलाखेलस्थित चिडियाखानामा अब प्रवेश शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडसँगको सम्झौतापछि चिडियाखाना अवलोकनका लागि नगद बोक्नुपर्ने झन्झट अन्त्य भएको छ।

    अबदेखि अवलोकनकर्ताले आफ्नो मोबाइल बैंकिङमार्फत क्युआर कोड स्क्यान गरी सहजै प्रवेश शुल्क भुक्तानी गर्न सक्नेछन्। डिजिटल भुक्तानी प्रणालीले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै प्रयोगकर्तालाई थप सहज सेवा उपलब्ध गराउने उद्देश्य रहेको छ।

    चिडियाखानाले डिजिटल बैंकिङ सेवाको प्रयोगबाट अवलोकनकर्ताहरूलाई टिकट शुल्क भुक्तानीको नयाँ सुविधा प्रदान गर्न थालेको हो, जसले समय र स्रोत दुबैको बचत गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ