काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदहरूमा कर्मचारी आवश्यक परेको भन्दै आवेदन खुला गरेको छ। कम्पनीले म्यानेजरका लागि ५ जना, असिस्टेन्ट म्यानेजरका लागि १० जना, सिनियर अफिसर/जुनियर अफिसरका लागि केही पद र सिनियर असिस्टेन्ट/जुनियर असिस्टेन्टका लागि पनि केही पदमा कर्मचारीको माग गरेको छ।
ईच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आज मंसिर २१ गतेको मितिबाट १५ दिनभित्र आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिन्छ।



