काठमाडौँ : अभिनेत्री नीति शाहको पहिलो फिल्म ‘खजुरे ब्रो’ युट्युबमा सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत शुक्रबार फिल्म सार्वजनिक गरिएको हो। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको यस फिल्मलाई गत वैशाखमा हलमा प्रदर्शन गरिएको थियो।
फिल्ममा नीति शाहसहित रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, बिनिता थापा मगर लगायतका कलाकारहरूको अभिनय छ। हलमा अपेक्षाकृत कमजोर व्यापार गरेपछि केही महिनामै फिल्मलाई युट्युबमा ल्याइएको हो।
फिल्मले हलमा दर्शक तान्न नसके पनि युट्युबमा भने राम्रो दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ।



