काठमाडौँ : गर्मी र जाडो मौसममा प्रत्येक व्यक्तिको छालाले फरक प्रतिक्रिया दिन्छ। छालामा रहेका तापक्रम सेन्सरहरूले जाडो वा गर्मीको प्रतिक्रिया जनाउँछन्। यी सेन्सरहरू शरीरका विभिन्न भागहरूमा फरक सक्रिय हुन सक्छन्, जसले व्यक्तिको जाडो वा गर्मी महसुस गर्ने तरिका फरक पार्दछ। जाडो मौसममा बाहिर निस्कँदा वा चिसो पानीले नुहाउँदा शरीर काँप्न थाल्छ।
जब शरीरको तापमान सामान्य भन्दा कम हुन्छ, तब मस्तिष्कको हाइपोथ्यालेमस भाग सक्रिय हुन्छ, जसले चिसो महसुस गर्दा सम्पूर्ण शरीरलाई संकेत पठाउँछ र शरीर काँप्न थाल्छ।
शरीर काँप्नु मांसपेशीहरूको एक स्वचालित गति हो, जसले शरीरलाई न्यानो राख्न मद्दत गर्दछ। काँप्दा मांसपेशीहरू तीव्र गतिमा फैलिन्छन् र खुम्चिन्छन्। यस प्रक्रिया मार्फत शरीरमा ताप उत्पन्न हुन्छ। मांसपेशीहरू बढी कार्य गर्दा शरीरलाई न्यानो राख्न ऊर्जा खर्च हुन्छ, जसका कारण शरीर काँप्न थाल्छ।
रगतमा रहेका इन्जाइमहरूले रासायनिक प्रतिक्रिया गर्छन्, तर तापमान कम हुँदा ती काम गर्न सक्दैनन्। यस अवस्थामा शरीरले आफ्नो तापमानलाई सामान्य राख्न अतिरिक्त शक्ति खर्च गर्न थाल्छ, जसको परिणामस्वरूप शरीर काँप्न थाल्छ। जाडो वा गर्मीको मौसममा ज्वरो आउँदा शरीरको तापक्रम घट्न थाल्छ र त्यसपछि शरीर काँप्न थाल्छ, जसले गर्मी उत्पन्न गर्छ।
शरीर काँपेसँगै काँडा किन उम्रिन्छ?
जब शरीर काँप्न थाल्छ, छालाका कोषिकाहरू संकुचित हुन्छन्, जसले बाहिरी वातावरणसँग ताप आदानप्रदान कम गर्छ। यसरी शरीरले बाहिरको हावा र चिसोबाट बचाउँछ। यस कारण, शरीर काँप्नेसँगै काँडा उम्रिनु स्वाभाविक हुन्छ।
क्यालोरीहरूको स्वचालित दहन:
जाडो मौसममा, शरीर आफैंले न्यानो राख्नका लागि बढी क्यालोरी जलाउँछ। गर्मी उत्पन्न गर्ने क्रममा शरीरले अतिरिक्त ऊर्जा खर्च गर्छ, जसले गर्दा क्यालोरीहरू स्वचालित रूपमा जल्छ।
शरीरको सामान्य तापमान:
मानव शरीरको सामान्य तापमान ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) मानिन्छ, यद्यपि यो ९७ डिग्री फरेनहाइट (३६.१ डिग्री सेल्सियस) देखि ९९ डिग्री फरेनहाइट (३७.२ डिग्री सेल्सियस)सम्म घटबढ हुन सक्छ। शरीरको तापमान विशेष गरी बिहान र मध्यान्हको समयमा फरक हुन सक्छ। साथै, साना बच्चाहरूको शरीरको तापमान वृद्ध र युवाहरूको तुलनामा उच्च हुन सक्छ।



