२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज देशभर बदलीको संकेत, यी स्थानमा हल्का वर्षा र हिमपात

images

  • २०८१ मंसिर २३, आइतबार
  • 1.0K
    SHARES
  • आज देशभर बदलीको संकेत, यी स्थानमा हल्का वर्षा र हिमपात

    काठमाडौं : आज आइतबार देशका विभिन्न भूभागमा मौसममा परिवर्तन देखिनेछ। कोशी प्रदेश लगायत देशको पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ भने अन्य स्थानमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

    त्यसैगरी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा, गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली स्थानमा र बागमती प्रदेश तथा कोशी प्रदेशका उच्च पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

    महाशाखाले यी क्षेत्रका बासिन्दालाई मौसम अनुसार सतर्कता अपनाउन सुझाव दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ