काठमाडौं : एनएमबि बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा लाभांश वितरण नगर्ने र सो निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ। बैंकले यसपटक लाभांश वितरण नगर्ने कारणबारे भने कुनै औपचारिक जानकारी दिएको छैन।
यसअघि बैंकले हरेक वर्ष लाभांश वितरण गर्दै आएको भए पनि यसपटकको निर्णयले लगानीकर्ताको ध्यान आकर्षण गरेको छ।



