२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सन नेपाल लाइफले गण्डकी नारायणी क्षेत्रका मार्केटिङ म्यानेजरलाई सम्मान गर्यो

images

  • २०८१ मंसिर २३, आइतबार
  • 1.6K
    SHARES
  • सन नेपाल लाइफले गण्डकी नारायणी क्षेत्रका मार्केटिङ म्यानेजरलाई सम्मान गर्यो

    काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी र नारायणी क्षेत्रका मार्केटिङ म्यानेजरहरुलाई सम्मान गरेको छ। भरतपुरको ग्लोबल होटलमा शनिबार आयोजित एक विशेष कार्यक्रममा १ सय भन्दा बढी अभिकर्तालाई सम्मान गरिएको थियो।

    कार्यक्रमको प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल थिए। साथै सिनियर डेपुटी सीईओ कवि फुँयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं र डेपुटी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई मायाको चिनोसहित फूलमालाले सम्मान गरिएको थियो। गत आर्थिक वर्षमा उत्कृष्ठ व्यवसाय गर्ने मार्केटिङ म्यानेजरहरुलाई विशेषरूपमा पुरस्कृत गरिएको थियो।

    प्रमुख अतिथि सीईओ राजकुमार अर्यालले अभिकर्तालाई जिम्मेवार पेसागत मर्यादाको पालना गर्दै सन नेपालका योजनाहरु जनताको घर–घरमा पुर्याउन प्रेरित गरे। उनले बीमा व्यवसायलाई सम्मानजनक पेसा बनाउनुपर्नेमा जोड दिए।

    सिनियर डीसीईओ कवि फुँयालले धैर्य र निरन्तर प्रयासबाट अभिकर्ता पेसामा सफलता हासिल गर्न सकिने बताउँदै बीमितको हितलाई प्राथमिकतामा राख्न सुझाव दिए। साथै उनले अभिकर्ताको भूमिकालाई डिजिटलाइजेसनसँग जोडेर व्यवसायलाई प्रभावकारी बनाउने तरिकाबारे प्रकाश पारे।

    प्रमुख बजार अधिकृत गणेश चौलागाईंले सन नेपालको आपतकालीन उपचार योजनाबारे जनचेतना फैलाउन आग्रह गरे। यो योजनाले आपत्कालीन अवस्थामा बीमितलाई १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराउने भएकाले यसले लोकप्रियता हासिल गरिरहेको बताए।

    कार्यक्रमका क्रममा चौलागाईंले अभिकर्ताको व्यक्तित्व विकास र व्यवसाय वृद्धिका लागि प्रशिक्षणसमेत दिए।

    कार्यक्रममा नारायणगढ, हेटौँडा, गोर्खा, लमजुङ, कावासोती, गौँडाकोट, चनौली, माडी, भरतपुर, टाँडी र दमौली क्षेत्रका शाखा प्रमुख, कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति थियो।

    Sun-nepal-life-2-1024x576.jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ