२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा शुरू: ग्राहकलाई रोजेको समयमा छरितो सेवा

images

  • २०८१ मंसिर २४, सोमबार
  • 1.6K
    SHARES
  • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा शुरू: ग्राहकलाई रोजेको समयमा छरितो सेवा

    काठमाडौं : नबिल बैंक लिमिटेडले ग्राहकको समय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन अपोइन्टमेन्ट बैंकिङ प्रणाली शुरू गरेको छ। यो नयाँ प्रणालीमार्फत ग्राहकले आफूलाई अनुकूल समयमै बैंकिङ सेवा लिन सक्छन्। प्रारम्भमा यो सेवा बैंकको मुख्य कार्यालय तीनधाराबाट सञ्चालनमा ल्याइएको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगबाट छरितो र कुशल सेवा दिन अपोइन्टमेन्ट बैंकिङ प्रणाली शुरू गरिएको जानकारी दिए। उनले भने “ग्राहकहरूको आवश्यकता र सुविधा हामीले पहिलो प्राथमिकतामा राखेका छौँ। यो नयाँ प्रणालीले हाम्रो ग्राहक-केन्द्रित दृष्टिकोणलाई झल्काउँछ र उनीहरूको समय व्यवस्थापनमा सहयोग पुर्याउँछ।”

    विशेष गरी व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी ल्याइएको यो प्रणालीले ग्राहकलाई आफूले चाहेको समयमा सेवा लिन सक्ने सुविधा प्रदान गर्दछ। यो प्रणालीबाट नगद, चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सेवा सहजै उपलब्ध हुने बैंकले जनाएको छ।

    नबिल बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै ग्राहक अनुभवका आधारमा नयाँ र सरल प्रणालीहरूमा आधारित कदम उठाउँदै आएको छ। अपोइन्टमेन्ट बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन अन्तर्गत नयाँ युगको महत्वपूर्ण आयामका रूपमा लिइएको छ।

    ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सहजै अपोइन्टमेन्ट बुक गर्न सक्छन्। यस प्लेटफर्मले ग्राहकलाई बैंक जानु अघि नै आवश्यक सेवा र आफूलाई उपयुक्त समय छनोट गर्न सजिलो बनाउनेछ। बैंकले यो प्रणालीले ग्राहकको समय व्यवस्थापनलाई प्रभावकारी बनाउनेमा विश्वास लिएको छ।

    नबिल बैंकले हाल २ सय ६८ शाखा र ३ सय २० एटिएममार्फत २४ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले नयाँ-नयाँ सेवाहरूको शुरुवात गर्दै नेपालको बैंकिङ क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

    Appointment-Banking2-post-e1733724769307-1200x998.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ