२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेटलाइफको २३ औं वार्षिकोत्सव: विश्वास, सेवा र नवप्रवर्तनप्रति प्रतिबद्धता

images

  • २०८१ मंसिर २४, सोमबार
  • 2.2K
    SHARES
  • मेटलाइफको २३ औं वार्षिकोत्सव: विश्वास, सेवा र नवप्रवर्तनप्रति प्रतिबद्धता

    काठमाडौँ : नेपालमा २३ वर्षदेखि सेवा, विश्वास र नवप्रवर्तनको उदाहरण बनेको मेटलाइफ नेपालले डिसेम्बर ५ मा आफ्नो २३ औं वार्षिकोत्सव उल्लासमय रूपमा मनाएको छ। यो अवसरमा कम्पनीले आफ्नो दीर्घकालीन योगदान र बीमा क्षेत्रका अग्रगामी प्रयासलाई विशेषरूपमा प्रतिबिम्बित गर्‍यो।

    उक्त अवसर मेटलाइफ प्रमुख एलेना बुटारोभाको उपस्थिति र काठमाडौँमा आयोजित भव्य कार्यक्रमले विशेष बनायो। कार्यक्रममा कर्मचारी, उनीहरूका परिवार र बीमा क्षेत्रका सरोकारवालाहरू सहभागी थिए। मेटलाइफले यस अवसरमा आफ्ना कर्मचारीहरूको मेहनत र समर्पणप्रति सम्मान प्रकट गर्दै उनीहरूलाई कम्पनीको सफलता र विश्वासको आधारशिला रहेको बतायो।

    वार्षिकोत्सवको मुख्य आकर्षणको रूपमा, मेटलाइफ नेपालले आफ्नो अभिकर्ताहरूका लागि नवीन मोबाइल एप “माई एजेन्सी” सार्वजनिक गर्‍यो। यो एपले अभिकर्ताहरूलाई बीमा योजना व्यवस्थापन, ग्राहकहरूसँग सशक्त सम्बन्ध स्थापना र सहज सेवा प्रदान गर्न मद्दत गर्नेछ।

    कार्यक्रममा बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने “२३ वर्षको यो यात्रा ग्राहकहरूको विश्वास, कर्मचारीको समर्पण र अभिकर्ताहरूको मेहनतको नतिजा हो। भविष्यमा पनि हामी नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत नेपाली परिवारहरूको जीवनलाई थप सुरक्षित बनाउन प्रतिबद्ध छौं।”

    मेटलाइफले सन् २००१ मा अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा नेपालमा सेवा सुरु गरेको हो। जीवन बीमा, स्वास्थ्य बीमा र समूह बीमा सेवामा अग्रणी मेटलाइफले विगत दुई दशकभन्दा बढी समयदेखि हजारौं नेपाली परिवारलाई सुरक्षित भविष्य निर्माणमा सहयोग गर्दै आएको छ।

    सन् १८६८ मा स्थापना भएको मेटलाइफ हाल संसारभर ४० भन्दा बढी बजारमा सञ्चालनमा रहेको एक प्रतिष्ठित वित्तीय सेवा कम्पनी हो। बीमा, वार्षिक योजना, कर्मचारी लाभ र सम्पत्ति व्यवस्थापनका क्षेत्रमा यस कम्पनीले बलियो उपस्थितिलाई कायम राखेको छ।

    नेपालमा आफ्नो यात्रा जारी राख्दै, मेटलाइफले बीमा क्षेत्रको प्रवर्द्धन, ग्राहकहरूको विश्वास र नवप्रवर्तनलाई आफ्नो मुख्य लक्ष्य बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ