२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनीबाट १० करोडको कारोबार

images

  • २०८१ मंसिर २५, मंगलबार
  • 1.1K
    SHARES
  • कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनीबाट १० करोडको कारोबार

    काठमाडौं : बाराको बरियापुरमा गढीमाई मेलाको अवसरमा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। मंसिर १८ देखि २४ गतेसम्म सञ्चालन भएको यस प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गरेका थिए।

    यस दौरान १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष र बुकिङ कारोबार भएको कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन्।

    प्रदर्शनीमा नेपाल सरकारका विभिन्न निकाय र निजी क्षेत्रका सहभागिता सहित १ सय भन्दा बढी स्टलहरू राखिएका थिए। रैथाने बाली, कृषि उपकरण, नर्सरी, माछा, ट्र्याक्टर र अन्य अत्याधुनिक प्रविधिहरूको प्रदर्शनले आगन्तुकहरूलाई आकर्षित गर्‍यो। सातै प्रदेशका विशेष परिकारहरूले प्रदर्शनीलाई थप जीवन्त बनाएको आयोजक संस्थाले जनाएको छ।

    गढीमाई मेलामा यसपटक फरक धारको कृषि प्रदर्शनी आयोजना भएकोमा स्थानीय तह र कृषकहरूले उच्च प्रशंसा गरेका छन्। उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका यो प्रदर्शनीलाई जमहा गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समापन गरे।

    समापन कार्यक्रममा मेयर यादवले प्रदर्शनीले कृषकहरूलाई नयाँ ज्ञान, प्रविधि र उत्पादनको अवलोकन गर्ने अनुपम अवसर प्रदान गरेको भन्दै कनेक्ट किसानलाई धन्यवाद दिए। साथै प्रदर्शनीले स्थानीय उत्पादनको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गरेकोमा खुशी व्यक्त गरे।

    प्रदर्शनीको विशेष आकर्षण भनेको कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँगको प्रत्यक्ष संवाद र रोबोटसँगको अन्तरक्रिया थियो, जसले कृषकहरूलाई नयाँ अनुभव प्रदान गर्‍यो। आयोजक संस्थाले यो प्रदर्शनीले स्थानीय उत्पादनको बजार विस्तार र कृषिमा प्रविधिको उपयोगिता बुझाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेको छ।

    प्रदर्शनीले स्थानीय कृषक र व्यवसायीबीच दीर्घकालीन सहकार्यको जग बसाल्न मद्दत गरेको आयोजकले उल्लेख गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ