२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्टान्डर्ड चार्टर्ड बैंकका पहिलो नेपाली सीईओ : गोरख राणा

images

  • २०८१ मंसिर २५, मंगलबार
  • 3.3K
    SHARES
  • स्टान्डर्ड चार्टर्ड बैंकका पहिलो नेपाली सीईओ : गोरख राणा

    काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई आफ्नो पहिलो नेपाली सीईओको रूपमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले उनलाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    गोरख राणा यस बैंकका पहिलो नेपाली सीईओ हुनेछन्। उनी हालसम्म बैंकमा डेपुटी सीईओको भूमिकामा कार्यरत छन्। अनिर्वन घोष दस्तिदारको कार्यकाल समाप्त भएपछि राणा सीईओको रूपमा नियुक्त भएका हुन्। दस्तिदार अब बोर्डको विशेष सल्लाहकारको रूपमा कार्यरत हुनेछन्।

    राणाले बैंकिङ्ग क्षेत्रका ३० वर्षको समृद्ध अनुभव संगालेका छन् र स्टान्डर्ड चार्टर्ड बैंकको कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा पनि काम गरेका छन्। उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ