२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

महालक्ष्मी विकास बैंक: कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि विशेष छुट!

images

  • २०८१ मंसिर २५, मंगलबार
  • 1.9K
    SHARES
  • महालक्ष्मी विकास बैंक: कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि विशेष छुट!

    काठमाडौँ : “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै, विगत ३० वर्षदेखि नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल, रेष्टुरेन्ट लगायत विभिन्न क्षेत्रका संस्थाहरूसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको छ।

    सम्झौता अनुसार, महालक्ष्मी विकास बैंकका डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतामा संलग्न संस्थाहरू र तिनबाट प्राप्त हुने छुटहरूको विवरण निम्नानुसार छः

    Mahalaxmi-bikash-bvank.jpg

    यस प्रकारको सहकार्यबाट ग्राहकहरूले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ। साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूमा वित्तीय जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ।

    बैंकले हालै आफ्ना ग्राहकहरूका लागि महालक्ष्मी स्मार्ट साथी मोबाइल एप्लिकेसन परिष्कृत गर्दै अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। यो एप प्रयोग गरी ग्राहकहरूले आफ्नो खाताको पहुँच, अनलाइन भुक्तानी र अन्य डिजिटल सुविधाहरू सजिलै प्राप्त गर्न सक्नेछन्।

    महालक्ष्मी विकास बैंकले आगामी दिनहरूमा पनि यस किसिमका सेवा र सहकार्यलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ